बागलुङ बसपार्कमा सिआइडी हुँ भन्दै चेकजाँच गरेपछि...
पाेखरा | साउन ३०, २०८१
पोखरा: पोखरा महानगरपालिका–२ स्थित बागलुङ बसपार्कमा सादा पोशाकका प्रहरी हौं भन्दै सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिएको आरोपमा प्रहरीले २ जनालाई प्रक्राउ गरेको छ ।
बागलुङ बसपार्कमा सादा पोशाकको प्रहरी हौं भन्दै सर्वसाधारण नागरिकहरुलाई दुःख हैरानी दिएको आरोपमा पोखरा १७ छोरेपाटन बस्ने ३२ वर्षीय सन्दिप श्रेष्ठ र माछापुच्छ«े गाउँपालिका घर भएका २६वर्षीय सरोज थापालाई प्रहरीले प्रक्राउ गरेको हो ।
उनीहरुले सादा पोशाकका प्रहरी हौं भन्दै सर्वसाधारण नागरिकहरुलाई दुःख हैरानी दिई शरीरको तलासी लिई चेकजाँच समेत गर्ने, पैसा असुली गर्ने तथा कानूनी दायरामा ल्याउने भनि डर त्रास देखाई अभद्र व्यवहार गरेको आरोपमा साउन २७ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रहरीलाई समेत अभद्र व्यवहार गरेको बताए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहारको मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

